पर्सा । पर्सामा वैशाख १६ देखि निषेधाज्ञा हुने भएको छ ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय कोरोना तीव्र रुपले फैलिदो छ । मंगलबार मात्रै गण्डकी प्रदेश गोरखा र तनहुँलगायत अन्य जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ ।