मंसिर ०७, २०८१, शुक्रबार
               

वैशाख १६ देखि २९ गतेसम्म रुपन्देही र कैलालीमा पनि लकडाउन

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा गरिएको जिल्ला प्रशासन रुपन्देहीले जारी गरेको सूचनामा उल्लेख छ । 

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

डिसिसिएमसीको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार (भोलि) औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्ने छन् । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक वाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

यसैगरी,  कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० र तराइमा ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि