मंसिर ०७, २०८१, शुक्रबार
               

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

चितवन । कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्गसहितका सेवा बन्द हुने भएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो । 

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा यथावत राख्ने र ज्वरो आएका बिरामीका लागि अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय दिन प्रतिदिन कोरोना सङ्क्रमितको बिरामी बढ्दै गइरहेकाले बहिरङ्ग सेवा बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि