मंसिर ०७, २०८१, शुक्रबार
               

पूर्वरानी शाहलाई वार्डमा सारियो

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । आइसियुमा उपचाररत पूर्वरानी कोमल शाहालाई वार्डमा सारिएको छ । नर्भीक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आइसियूबाट वार्डमा सारिएको छ । 

शाहा कोरोना संक्रमण भई १२ दिनअघि सो अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको  आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि