विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ।
नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको प्रस्ट पारेको छ। नेपालमा नै नयाँ भेरियन्ट देखिएको भन्ने बारेमा हालसम्म कुनै जानकारी नभएको डब्लुएचओले जनाएको छ।
यसअघि बेलायती पत्रिका डेली मेलले पोर्चुगलमा कोरोना भाइरसको 'नेपाल भेरियन्ट' भेटिएको दाबी सहित समाचार प्रकाशन गरेको थियो । डेली मेलले प्रकाशन गरेको उक्त समाचारलाई बीबीसीलगायत अन्य मिडियाहरुले पनि कभर गरेका थिए । तर, हालसम्म कुनै जानकारी नभएको डब्लुएचओले जनाएकाे हाे ।
WHO is not aware of any new variant of SARS-CoV-2 being detected in Nepal. The 3⃣confirmed variants in circulation are: Alpha (B.1.1.7), Delta (B.1.617.2) and Kappa (B.1.617.1). The predominant variant currently in circulation in Nepal is Delta (B.1.617.2).@mohpnep @PandavRajesh
— WHO Nepal (@WHONepal) June 3, 2021