काठमाडौं । इटालीका सेना प्रमुखलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ ।
इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र क्वारेन्टाइनमा रहेको बताएका छन् ।
कोरोना भाइरसका कारण ३६६ जनाले ज्यान गुमाइसकेका छन् भने एकैदिन १३३ जनाको मृत्यु भएको इटलीले जनाएको छ ।
योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको बिबिसीले जनाएकाे छ ।साथै, इटलीमा नयाँ संक्रमितको संख्या २५ प्रतिशतले बढेको बताइएकाे छ । नागरिक सुरक्षा निकायले कोरोना प्रभावितको संख्या ७,३७५ बाट बढेर ५,८८३ मा पुगेको बताएको छ ।
उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ । इटलीले विशेष अवस्थामा बाहेक बिनाअनुमति घरबाहिर ननिस्कन भनेको छ ।
संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ ।