मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वका ८ देशका नागरिकमाथि मंगलबारबाट नेपाल प्रवेशमा रोक

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

अध्यागमन विभागले कोरोनाभाइरस संक्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई भोलि मंगलबारदेखि नेपाल प्रवेश गर्न अनअराइभल भिसा बन्द गरिने जनाएको छ।

अघिल्लो साता संक्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटाली रहेकोमा थप तीन देशका नागरिकलाई अन अराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागले जनाएको हो।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सीमा नाकाबाट अन अराइभल भिसा नदिइने प्रावधान लागु गर्न लागिएको हो।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको संक्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ।


कस्तो लाग्यो ?

यो पनि