मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा २० मन्त्रीले दिए एकैसाथ राजीनामा

एजेन्सी
फागुन २७, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतका २० जना मन्त्रीहरूले एकैसाथ राजीनामा दिएका छन् । भारतको मध्य प्रदेशमा २० जना मन्त्रीहरूले राजीनामा दिएपछि भारतिय राजनीतिकमा ठूलो उथलपुथलको संकेत देखिएको छ ।

सोमबार भारतीय कांग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विद्यायकसहित २० जनाको टोली गोप्यरूपमा बेंगलाेर पुगेर राजनीतिक शक्ति समीकरणको अभ्यासमा लागेपछि राजनीतिमा ठूलै उथलपुथल हुने  अनुमान मध्यप्रदेशको राजनीतिक बृत्तमा देखिएको हो ।

बेंगलाेरमा जम्मा हुनेमा ६ जना मध्यप्रदेशका मन्त्रीहरूसमेत रहेका छन् । स्रोतहरूलाई उदृद गर्दै भारतीय सञ्चारमाध्यामहरूले जनाएअनुसार विद्यायक र मन्त्रीहरूको बेंगलुरुको आगमनको एक–दुई दिनमा निकै ठूलो राजनीतिक परिवर्तनको संकेत देखा पर्न थालेको हो ।

आइतबार जब मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ अचानक दिल्ली पुगे, त्यसपछि राजनीतिक परिदृष्यले नयाँ मोड लिएको छ । त्यसलगत्तै पूर्व केन्द्रीय मन्त्री सिंधियाका समर्थक मन्त्री र विद्यायकहरु अचानक मध्यरातमा भूमिगत हुन पुगे ।

त्यसपछि न उनीहरू मोबाइल सम्पर्कमा देखिए, न सुरक्षाकर्मीहरुले उनीहरूको पहिचान गर्न सके । उनीहरु भूमिगत भएपछि हंगामा मच्चियो ।

तर सोमबार साँझ एक्कासि मन्त्री र विद्यायकहरुको टोली ब्याङलाेर पुगेको सूचना बाहिर आएपछि राजनीतिक बृत्तमा केही गोलमाल हुन थालेको अनुमान गरिँदैछ ।

त्यो सूचना प्राप्त हुने वित्तिक्कै अर्कोतिर भारतीय जनता पार्टीले आफ्ना सबै विद्यायकहरुलाई तुरुन्त भोपाल पुग्न आदेश जारी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि