मंसिर ०७, २०८१, शुक्रबार
               

चीनमा कोरोना भाइरस अकेरिकी सेनाले फैलाएका हुन् : विदेश मन्त्रालय प्रवक्ता (चीन)

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनमा कोरोना भाइरस अमेरिकी सेनाका कारण फैलिएको बताएका छन् ।  

उनले अन्तर्राष्ट्रिय सैनिक विश्व खेलकुदका लागि वुहानमा आएका बेला अमेरिकी सेनाले कोरोना भाइरस फैलाएर फर्किएको बताएका छन् । 

उनले शुक्रबार ट्विट गर्दै कोरोना हुबेई प्रान्तको सेन्ट्रल वुहानमा नोभेल कोरोना भाइरस अमेरिकी सेनाले ल्याएको दाबी गरेका हुन् ।

साथै, उनले कोरोना भाइरस चीनको वुहानमा नभएर अमेरिकाबाट सुरु भएको भनी सबैलाई आफ्नो ट्विट  शेयर गर्न पनि आग्रह गरेका छन् । 
साथै, उनले वुहानको सी फुडबाट कोरोनाको संक्रमण नफैलिएको पनि दाबी गरेका छन् । 

उनको आधिकारीक ट्विटमा लेखिएको छ, ‘मैले विश्वास गरेका धेरै कुराहरु एकाएक आश्चार्यजनक तरिकाले परिवर्तन भएका छन् ।’ 
यद्यपि, बेइजिङस्थित अमेरिकी दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

यो पनि