मंसिर ०७, २०८१, शुक्रबार
               

इटालीमा कोरोनाबाट एकै दिन  २ सय ५० को मृत्यु

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

 एजेन्सी ।इटालीमा कोरोना भाइरसको संक्रमणबाट एकै्र दिनमा २ सय ५० जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेहरुमा यो सर्वाधिक संख्या हो ।

पछिल्लो २४ घण्टामा इटालीमा कोरोना भाइरसको संक्रमणबाट २ सय ५० जनाको मृत्यु भएको हो ।  योसहित इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । हाल  संक्रमितको संख्या १७ हजार नाघेको छ ।

फ्रान्समा १८ ले ज्यान गुमाए 

इटालीमा कोरोनाबाट एकै दिन  २ सय ५० को मृत्यु हुँदा उता, फ्रान्समा पनि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८ जनाले ज्यान गुमाएका छन् । योसहित कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

पछिल्लो समय कोरोना भाइरस युरोपमा महामारीका रुपमा फैलिएको छ ।


कस्तो लाग्यो ?

यो पनि