एजेन्सी । अस्ट्रियामा पनि कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेकोले रोकथाममा कडाई गरिएको छ । अस्ट्रिया सरकारले आइतबार एक निर्देशन जारी गर्दै संक्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरू भेला हुन रोक लगाएको हो ।
सरकारले अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यक बाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ
। सरकारले आगामी मङ्गलबारदेखि यहाँका रेस्टुरेन्टहरू पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् ।
अष्ट्रियामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । आइतबार संक्रमितको संख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा सङ्क्रमण देखिएको छ ।