इटालीमा एकैदिन कोरोनाभाइरसका कारण ६२७ जनाको मृत्यु भएपछि केही सहरमा सेना परिचालनकाे तयारी भइरहेको छ ।
चीनका मेडिकल एक्पर्ट यो संकटसँग लड्न इटालीको सहयोगका लागि त्यहाँ पुगेका तथा इटालीमा मिलान सहरको करिब ६० किलोमिटरको दुरीमा कोरोनाभाइरसको बढी जोखिम रहेकाे बिबिसीले जनाएकाे छ ।
कोरोना संक्रमणका कारण इटालीमा मर्नेको संख्या चार हजार नाघिसकेको हुँदा सरकारी सेना परिचालनको तयारी भइरहेको बीबीसीले जनाएको छ ।