काठमाडौं । लकडाउनका कारण नेपालमा फसेका युरोपियन नागरिक युरोप फिर्ता भएका छन् ।
शुक्रबार दोहाबाट आएको कतार एयरवेजको उडान नम्बर क्युआर ७४८२ एयरवेजको जहाजमार्फत ३०७ युरोपेली नागरिक काठमाडौंबाट त्यसतर्फ फिर्ता भएका हुन् ।
यसरी कतार एयरवेजबाट युरोप फर्कनेमा २६० जर्मनसहित ३०७ युरोपियन छन् ।
नेपालबाट युरोपतर्फ फर्किन लागेका सबै नागरिकलाई आवश्यक जाँचपछि विमानस्थल लगिएको थियो ।
अध्यागमन प्रमुख सागर आचार्यले उताबाट जहाज रित्तै आई काठमाडौं आई युरोपियन यात्रु लिई कतारको जहाज काठमाडौंबाट बिहान ११ बजेर ५० मिनेटमा उडेको बताए ।
युरोपियन नागरिकलाई त्यसतर्फ लैजान नेपालले सबैखाले सहयोग गरेको अध्यागमन विभागले जानकारी दियो ।
लकडाउनका कारण नेपालमा फसेका युरोपियन नागरिकलाई स्वदेश लैजानका लागि जर्मन तथा फ्रेन्ज दूतावासले विमान चार्टड गरेका हुन् ।