काठमाडौं । अन्यत्रबाट कोरोना फैलिन सक्ने आँकलन गर्दै चीनले विदेशीहरूको आगमनमाथि प्रतिबन्ध लगाएको छ ।
चीनले भिसा भएका वा बसोबासकै अनुमति भएकामाथि पनि चीन छिर्न रोक लगाएको हो ।
बाहिरबाट कोरोना भित्रिन थालेको भन्दै चीनले बाहिरी देशका बासिन्दालाई चीन आवागमनमा प्रतिबन्ध गरेको हो ।
चीनमा अहिले कोरोना संक्रमणको अवस्था न्यून नै भइसकेको छ ।
बिहीबार ५५ जना नयाँ संक्रमित मध्ये ५४ जनामा बाहिरबाट आएकामा देखिएकाले अन्यत्रदेबाट चीन भित्रिनका लागि कडाइ गरिएको चीनले बताएको छ । बाहिरबाट संक्रमण भित्रन थालेपछि यस्तो कठोर कदम चालिएको चीनले जनाएको छ ।
चीनमा अहिले स्थानीय र विदेशी एअरलाइन्सले सातामा एउटा मात्रै अन्तर्राष्ट्रिय उडान भर्न पाउँछन् । विमानका सिट पनि ७५ प्रतिशतभन्दा अधिक नभर्न भनिएको छ ।
चीनमा तीन दिनयता स्थानीय स्तरबाट संक्रमित भएका एक जना मात्रै बिरामी फेला परेका छन् ।