अफगानिस्तान । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी ७ जना सर्वसाधारणको मृत्यु भएको छ ।
सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्किँदा ७ जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।