एजेन्सी । विवादित चर्चीत बलिउड गायिका कनिका कपूरको कोरोना भाइरसको संक्रमण पाँचौ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसभन्दा अगाडिका उनका परीक्षणको सबै रिपोर्ट पोजेटिभ आएको थियो ।
हाल लखनउस्थित पीजीआई अस्पतालमा उपचाररत रहेकी उनको अर्को परीक्षणको रिपोर्ट नगेटिभ नआएसम्म अस्पतालमा नै राखिने स्रोतले जनाएको छ ।
बेलायतबाट सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएकी गायिका कपुर सेल्फ क्वारेन्टाइनमा नबसेपछि चर्को विरोध भएको थियो । उनी त्यहाँबाट फर्किएपछि पनि केही कार्यक्रममा सहभागी भएकी थिइन् ।