मंसिर ०७, २०८१, शुक्रबार
               

मालीको सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

माली। अपरिचित बन्दुकधारीहरूको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरूले जनाएका छन् । 

बाम्बा शहरको नाइजर नदीको किनारामा रहेको सैनिक अखडामा उक्त हमला भएको थियो । कार र मोटरसाइकलमा चढेर आएका भारी हातहतियारबाट सुसज्जित अज्ञात आक्रमणकारीले शहरमा आक्रमण गरेका थिए । 

स्थानीय संचार माध्यमले स्थानीयबासीमाथि भने उक्त समूहले आक्रमण नगरेको बताएका छन् ।

कोरोनाभाइरसका कारण माली सरकारले स्वास्थ्य आपतकाल घोषणा गरेकै बखत यस्तो आक्रमण भएको छ । मुलुकमा हालसम्म ४५ जनामा कोरोना संक्रमण भएको पाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि