एजेन्सी । विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार सात सय २५ पुगेको छ ।
साथै, भारतको महाराष्ट्रमा हालसम्म एक हजार तीन सय ६४ जना कोरोनाबाट संक्रमित छन् भने ९८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् ।
तामिलनाडुमा भाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।