मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकामा मृत्यु र संक्रमण सर्वाधिक

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसबाट सर्वाधिक मृत्यु अमेरिकालाई भएको छ । पछिल्लो २४ घटनामा भएको मृत्युसँगै अमेरिकामा उच्च मृत्यु भएको हो ।

यो सामग्री तयार गर्दासम्म अमेरिकामा २० हजार ५८० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ५ लाख ३३ हजार ११५ जना संक्रमित पुगेको वल्डओमिटरले जनाएको छ ।

त्यसपछि इटालीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ । त्यहाँ १ लाख ५२ हजार २७१ जना संक्रमित छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले पनि अमेरिकामा  २० हजार भन्दा धेरैले ज्यान गुमाएको तथ्या‌ंक सार्वजनिक गरेको छ ।

कोरोना भाइरसबाट एकैदिन पहिलोपटक अमेरिकामा दुई हजारबढीले ज्यान गुमाएका छन् । अमेरिकाका लागि न्यू योर्क राज्य इपिसेन्टर जस्तै बनेको छ । अमेरिकाभर ५ लाख ३३ हजारभन्दा बढि संक्रमित हुँदा १ लाख ८१ हजारभन्दा बढि न्यू योर्कमै छन् ।

महामारीसँगै अमेरिकाको आर्थिक अवस्था पनि खस्कदै गएको छ । अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी बेरोजगार भएको समाचारहरू आउन थालेका छन् । कम्तीमा एक करोड ६० मानिस बेरोजगार बन्नु परेको छ ।


कस्तो लाग्यो ?

यो पनि