मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न कार्यदल

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

गोवा । भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका हुन् ।

आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाउनु भएको आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिएका छन् । 

एएनआईसँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले भने, कोरोनाभाइरसको आयुर्वेदिक तथा परम्परागत उपचारका बारेमा वैज्ञानिक रुपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गरेका छन् । 

आयुर्वेदिक उपचार पद्धतिका बारेमा आफूहरुसँग झण्डै दुई हजार प्रस्तावहरु आएको र ती सबैको अध्ययन र परीक्षण गरिने जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि