मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउन हटाउने तयारीमा स्पेन, चार चरणमा हटाइने

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

स्पेन सरकारले  कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लगाइएको लकडाउन चरणबद्ध रूपमा हटाउँदै जाने जनाएको छ । यसका लागि स्पेन सरकारले चार चरणको एउटा योजना बनाएको छ । स्पेन सरकारका अनुसार आउँदो जुन महिनाको अन्तिमसम्ममा लकडाउन हट्ने सम्भावना छ । 

सबैभन्दा पहिला मे महिनाको ४ तारिखमा लकडाउन हटाइनेछ र त्यसपछि बिस्तारै अरू क्षेत्रमा पनि लकडाउन हटाइनेछ । 

स्पेनमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म २४ हजारभन्दा धेरैको ज्यान गएको छ भने दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । स्पेन कोरोनाको कारण प्रभावित भएको देशमध्ये एक हो ।  

कोरोनाको कारण अहिलेसम्म विश्वभर ३१ लाख ३८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ९ लाख ५५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । त्यस्तै, दुई लाख १७ हजारभन्दा धेरैको ज्यान गएको छ । 

सङ्क्रमितमध्ये १९ लाख ६४ हजारभन्दा बढीको उपचार भइरहेकोमा ५६ हजारभन्दा बढीको अवस्था गम्भीर छ भने बाँकी १९ लाखभन्दा बढीको अवस्था सामान्य छ । 


कस्तो लाग्यो ?

यो पनि