मंसिर ०७, २०८१, शुक्रबार
               

यथास्थानमा बस्न अस्ट्रेलियाली दूतावासको आग्रह

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियास्थित नेपाली दूतावासले बुधबार अस्ट्रेलियामा रहेका नेपालीहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । 

सूचना जारी गर्दै दूतावासले कोरोना संक्रमणको विषम् परिस्थितिमा स्वदेश फर्किने नेपालीहरुलाई यात्रा गर्न उचित नहुने भन्दै दूतावासले नेपालीसँग यस्तो आग्रह गरेको हो । 

‘व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यात्रा सुरक्षित नहुने भएकाले केही समयका लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

दूतावासले आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एयरलाइन्सको जहाज अस्ट्रेलियाको सिड्नी जँदै छ । 

सो जहाजमा नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने दबाब आइरहेको अवस्थामा दूतावासले बुधबार सो सूचना निकाली नेपालीहरुलाई यथास्थानमा बस्न आग्रह गरेको हो ।

दूतावासले सूचनामा सकैलाई खान बस्नलगायत समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । 

यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक वर्षसम्म आफूलाई सहयोग गर्न नसक्ने विद्यार्थीहरुलाई र पर्यटकहरुलाई स्वदेश फर्किन आग्रह गरेका थिए । 

यो पनि