मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकी न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्ग अस्पताल भर्ना भएकी छन् ।

मंगलबार उनको पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । 

तर उनले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग लिने सर्वोच्च अदालतले जनाएको छ । 

८७ वर्षीया न्यायाधीश जिन्स्बर्गको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा बिना शल्यक्रिया पित्ताशयको पथरीको उपचार गरिएको अस्पतालले जनाएको छ । 

सर्वोच्च अदालतका अनुसार हाल अस्पतालमा आराम गरिरहेकी जिन्स्बर्गलाई एक–दुई दिनपछि डिस्चार्ज गरिने बताइएको छ । 

जिन्स्बर्गले सोमबार र मंगलबार टेलिफोन मार्फत अदालतको सुनुवाईमा भाग लिएकी थिइन् । उनको चार पटक क्यान्सर रोगको उपचार गरिएको छ । हालसालै गत अगस्टमा पेटको ट्युमरको लागि रेडिएसन गरिएको थियो । 

विभिन्न रोगसँग लडिरहे पनि यी उदारवादी वयोवृद्ध न्यायाधीशले सन् १९९३ देखि अर्थात विगत २७ वर्षदेखि सर्वोच्च अदालतमा निरन्तर सेवा गरिरहेकी छिन् । उनलाई तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गरेका हुन् ।

कोरोना महामारीका कारण अमेरिकी सर्वोच्च अदालतमा पनि हाल टेलिफोन मार्फत मुद्दाहरुको सुनुवाई हुने गरेको छ । 

जिन्स्बर्गले आफूलाई स्वास्थ्य अवस्थाले साथ दिएमा ९० वर्षको उमेरसम्म सर्वोच्च अदालतमा सेवा गर्ने बताएकी छिन् । 

संयुक्तराज्य अमेरिकामा सर्वोच्च अदालतमा आजीवन न्यायाधीश हुन सक्ने संवैधानिक प्रावधान छ । 


कस्तो लाग्यो ?

यो पनि