भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् ।
भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरे पनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ ।
मन्त्रालयले १८ हजार ७२२ जना व्यक्ति पक्राउ गरेको हो । साथै ५३ हजार ७१ ओटा यातायातका साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउन उलंघन गर्नेहरुलाई जरिवाना तिराउँदा झण्डै तीन करोड भारतीय रुपैयाँ राजश्व संकलन भएको छ ।
प्रदेशभर गरेर दुई लाखभन्दा बढी मानिस अहिले पनि क्वारेन्टाइनमा रहेको र ६४२ जनाले क्वारेन्टाइनसम्वन्धी नियम उलंघन गरेको वक्तव्यमा लेखिएको छ ।