मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाइँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाइँमा सक्रिय भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘कामको सिलसिलामा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भयो र दुर्भाग्यवस उहाँले हामीलाई छाडेर जानुभयो। उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चीर शान्तिको कामना गर्दछु।’

मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मुल्यांकन गर्दै उनको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि उल्लेख गरेका छन्।


कस्तो लाग्यो ?

यो पनि