मंसिर ०७, २०८१, शुक्रबार
               

रूसमा २४ घण्टाभित्र १० हजार जनालाई सङ्क्रमण

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

विगत २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको रूसले शुक्रबार पुष्टि गरेको छ । 

रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । केन्द्रको तथ्याङ्क अनुसार विगत छ दिन रूसमा सङ्क्रमितको सङ्ख्या निरन्तर १० हजारको हाराहारीमा रहेको बताइए पनि शुक्रबारको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । 

मुलुकको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा गत २४ घण्टामा थप पाँच हजार ८४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै मस्कोमा ९८ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड–१९ को प्रकोपका कारण रूसमा मृत्यु हुनेको सङ्ख्या एक हजार ७२३ पुगेको छ । रूसमा बिहीबारपछिका २४ घण्टामा ९८ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । रूसमा अहिलेसम्म सङ्क्रमितमध्ये २६ हजार ६०८ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । 


कस्तो लाग्यो ?

यो पनि