मंसिर ०७, २०८१, शुक्रबार
               

सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकबीच झडप

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

भारतको उत्तर सिक्किमस्थित (दुई देशको सीमा) ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ।

झडपमा दुवैतर्फका आधा दर्जन सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरुलाई सामान्य चोट लागेको र अवस्था खतरामुक्त रहेको  बताइएको छ। 

उक्त घटना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो । यो इलाका ५ हजार मिटर उचाईमा छ । एक अधिकारीका अनुसार झगडमा ४ भारतीय र ७ चिनियाँ सैनिकलाई चोट लागेको छ । यो झडपमा दुई देशका करिब १५० सैनिक समावेश थिए ।

नियमित गस्तीको क्रममा दुवै पक्षको फौजबीच झडप भएको थियो। अहिले स्थानीय स्तरमै छलफल गरी  समस्याको समाधान गरिएको बताइए पनि यसबारे दुबै देशको औपचारिक प्रतिक्रिया आएको छैन।

अति विकट हिमाली क्षेत्रका रुपमा रहेको यो क्षेत्र सडक सञ्जालले जोडिएको छैन। भारत र चीनको सीमा विवादलाई लिएर त्यहाँ यसप्रकारका घटना हुँदै आएका छन्।

गत वर्ष पनि लद्दाखमा गस्तीका क्रममा दुई देशका सैनिकबीच झडप भएको थियो। 

त्यस्तै सन् २०१७ मा पनि यसै स्थानमा दुवै पक्षका सेनाबीच झडप भएको थियो।


कस्तो लाग्यो ?

यो पनि