मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । 

उनीहरुका अनुसार झण्डै ३० प्रतिशत संक्रमित निको भएका छन् । 

शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस संक्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ ।    

संक्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए ।

हाम्रोमा कोरोनाभाइरसबाट संक्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी संक्रमणमुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ, उनले भने । यस तथ्याँकलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गरे । 


कस्तो लाग्यो ?

यो पनि