मंसिर ०७, २०८१, शुक्रबार
               

पाकिस्तानमा फेरि तीन हप्ता लकडाउन थपियो

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

पाकिस्तानमा फेरि लकडाउनको अवधि तीन हप्ताका लागि थप गरिएको छ । पाकिस्तान सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई भने केही खुकुलो व्यवस्था गरिएको छ । 

धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई  केही खुकुलो बनाइएको सूचनामा उल्लेख गरिएको छ ।

सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनुपरेको सरकारी अधिकारीहरुको भनाई छ । 

हाल पाकिस्तानमा २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ९१ जना नयाँ विरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ । पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६ सय ३९ पुगेको छ । तीमध्ये आठ हजार २३ जनालाई भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि