मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा एकैदिन ४ हजारभन्दा बढी नयाँ काेरोनाका बिरामी भेटिए

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

भारतमा एकैदिन ४ हजार बिरामी भेटिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।भारतमा गएको २४ घण्टामा चार हजार २१३ संक्रमित भेटिएका हुन् । दैनिक कोरोना संक्रमितको वृद्धि दरमा यो संख्या नै सबैभन्दा बढी हो।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार २५९ जना पुगेको छ। यीमध्ये २२ सय ६ जनाको मृत्यु हुँदा २० हजार ९१६ उपचारपछि स्वस्थ बनेका छन्।

हालसम्म विश्वभर ४१ लाख ८१ हजार ३ सय जनामा कोरोना भाइरस देखिएको छ। संक्रमितमध्ये २ लाख ८३ हजार ८७८ को मृत्यु भएको छ भने १४ लाख ९३ हजार उपचारपछि निको भएका छन्। 


कस्तो लाग्यो ?

यो पनि