मंसिर ०७, २०८१, शुक्रबार
               

पुटिनका प्रवक्तामा पनि कोरोना देखियो

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

रूसमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । रूसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी छ । 

मंगलबार मात्रै रूसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ५ जनाको मृत्यु भएको थियो । 

यस्तै, मंगलबार नै कोरोना परीक्षणमा राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमित्री पेस्कोभलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका छन् । उनी करिब २० वर्षदेखि पुटिनसँगै काम गरिरहेका छन् भने २००८ देखि प्रवक्ताको जिम्मेवारीमा छन् ।


कस्तो लाग्यो ?

यो पनि