मंसिर ०७, २०८१, शुक्रबार
               

तीन करोड ६० लाखले  बेरोजगार भत्ता फाराम भरे

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

अमेरिका । अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । 

यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बेरोजगार भत्ताको दावी गर्नेहरूको संख्या बढ्दै गएपछि सरकारले केही राज्यहरूमा व्यापारिक तथा व्यवसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ । 

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौँ मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ । 

यति धेरै मानिस एकैचोटी रोजगारविहीन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरूले जनाएका छन् । 

बेरोजगार भत्ताका लागि फाराम भरेकामध्ये केही राज्यका कतिपयले भने अहिले पनि त्यो राहत प्राप्त गर्न निकै कठिनाई भइरहेको बताएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि