काठमाडौं । विश्वभर महामारीका रूपले फैलिएको डर लाग्दो रोग कोरोना भाइस संक्रमितको तुलनामा चीनभन्दा भारतमा बढी फेला परेको छ । उद्गमस्थलमा मानिएको चीनमा संक्रमण विस्तारै कम हुँदै गएको छ । तर, छिमेकी देश भारतमा संक्रमण दिनहुँ बढ्दै गएको छ ।
पछिल्लो तथ्यांकमा भारतमा आज एकै दिन ३ हजार भन्दा धेरै जनालाई संक्रमण भएको छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ३४ जना उपचार पछि निको भएका छन् ।
यस्तै, २७ सय जना भन्दा धेरैको ज्यान गएको छ । चीनमा भारतको भन्दा संक्रमण दर कम छ । अहिलेसम्म चीनमा ८२ हजार ९ सय ३३ जना संक्रमित भएका छन् । साथै, चीनमा ७८ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएका छन् भने चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।