मंसिर ०६, २०८१, बिहीबार
               

पूर्वरक्षामन्त्रीले भने,‘ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरे’

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

अमेरिकी पूर्वरक्षामन्त्री जेम्स म्याटिसले हाल भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको भएको बताएका छन् । 

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नु भएका म्याटिसले भने, “मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”

राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएना् । तर, प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। 

म्याटिसको भनाइ सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको तर, म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको प्रतिक्रिया दिएका छन् । 

म्याटिसले ट्रम्पबाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुनबमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।  
 


कस्तो लाग्यो ?

यो पनि