मंसिर ०६, २०८१, बिहीबार
               

चीनको प्राथमिक स्कुलमा भएको चक्कु प्रहारबाट ३९ घाइते

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

चीनको एक प्राथमिक तहको स्कुलमा चक्कु प्रहारबाट ३७ विद्यार्थी र दुई वयष्क गरी ३९ जना घाइते भएका छन् । दक्षिणी चीनस्थित ग्वांग्जी क्षेत्रमा रहेको एक स्कुलमा यस्तो आक्रमण भएको हो ।

स्थानीय मिडियाले उक्त प्रहार गर्ने व्यक्ति सोही स्कुलका सुरक्षागार्ड भएको जनाएका छन् । शिक्षक सहित सबै पीडित विद्यार्थीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ । तर उनीहरुको अवस्था गम्भीर नरहेको बताइएको छ ।

वांग्फु सेन्ट्रल प्राइमरी स्कुलमा स्थानीय समय अनुसार बिहान ८ बजेर ३० मिनेटमा यस्तो घटना भएको हो । विद्यार्थीहरु कक्षाकोठामा छिर्नासाथ अचानक चक्कु आक्रमण भएको बताइएको छ ।

मिडियाका अनुसार ५० वर्षीय ती आक्रमणकारी अहिले प्रहरी नियन्त्रणमा छन् । मिडिया रिपोर्टका अनुसार घाइतेहरुलाई अस्पताल लैजान आठवटा एम्बुलेन्स प्रयोग गरिएको थियो । उझोउ सहरमा उनीहरको उपचार भएको हो ।

कोरोनाभाइरस महामारीसँगै लगाइएको लकडाउन तोडेर यस क्षेत्रमा मे महिनादेखि मात्रै स्कुलहरु नियमित रुपमा खुलाइएको थियो । गत नोभेम्बरमा पनि एक पुरुषले दक्षिणपश्चिम क्षेत्रको युनान प्रान्तस्थित स्कुलको पर्खालबाट विद्यार्थीहरुलाई तेजाव प्रहार गर्दा ५१ जना घाइते भएका थिए ।

 

यो पनि