चीनको बायोटेक कम्पनी सिनोभ्याकले तयार पारेको भ्याक्सिनको निर्णायक परीक्षण ब्राजिलमा हुने भएको छ । उक्त परीक्षण सफल भए भ्याक्सिनमा चीनले सफलता पाउनेछ ।
चीनको सिनोभ्याक कम्पनीले यसअघि पनि चीनमै आफ्नो भ्याक्सिनको परीक्षण गरिसकेको छ । अन्तिम र निर्णायक परीक्षणको लागि उसलाई ठूलो संख्यामा संक्रमित बिरामीहरुको आवश्यकता परेपछि यसको परीक्षण ब्राजिलमा गर्न लागिएको हो ।
समाचार एजेन्सी एपीका अनुसार ब्राजिलको साओ पाउलो सरकारले त्यहाँका ९ हजार जनामा परीक्षणको लागि सिनोभ्याक बायोटेकले पर्याप्त मात्रामा प्रायोगिक भ्याक्सिन पठाउने घोषणा गरेको छ । परीक्षण अर्को महिना सुरु गरिनेछ ।
अमेरिकी बायोटेक कम्पनी मोडर्नाले पनि आफ्नो भ्याक्सिनको निर्णायक ट्रायल जुलाइमै गर्ने घोषणा गरिसकेको छ ।