अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिस्पर्धा गर्ने निश्चित भए पनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन् ।
पूर्वउपराष्ट्रपति समेत रहेका बाइडेनको समूहबाट उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन् । आकांक्षीहरुको सूचीमा धेरै अश्वेत अमेरिकी महिलाहरुसमेत रहेका थिए ।
आकांक्षीहरुलाई मिलाउनका लागि बनाइएको सर्च कमिटीले आकांक्षीहरुसँग पटक–पटक छलफल गरेर उम्मेदवारहरुको संख्या घटाउने प्रयास र प्रक्रियाहरु भइरहेको जनाएको छ ।
प्रारम्भिक अन्तर्वार्ताहरु र ६ चरणको प्रक्रिया गरिएको उनीहरुको भनाइ छ ।
यति प्रक्रिया गर्दासम्म मस्साचुसेट्सको एलिजाबेथ वारेन, क्लालिफोर्नियाको कमाल हरिससँगै तत्कालीन राष्ट्रपतिपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस आकांक्षीको सूचीमा छन् ।
अमेरिकामा यसै वर्षको अन्त्यतिर हुने निर्वाचनका लागि दल तथा नेताहरुले चुनावी कसरतलाई तीव्रता दिएका छन् ।