चीन र भारतका विदेशमन्त्रीबीच टेलिफोना कुराकानी भएको छ ।
सीमामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको दुई दिनपछि दुई देशका विदेश मन्त्रीले टेलिफोनमा कुराकानी भएको हो ।
बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन कुराकानी भएको जनाइएको छ ।
दुई विदेशमन्त्रीबीच सीमामा भइरहेको तनावमा केन्द्रित भई कुराकानी भएको ग्लोबल टाइम्सले लेखेको छ ।
टेलिफोन वार्तामा चिनियाँ विदेश मन्त्री यीले समकक्षी जयशंकरलाई सोमबारको घटनामा अनुसन्धान गर्न, त्यसका जिम्मेवारहरूलाई कारबाही गर्न र उक्त क्षेत्रमा चिनियाँ सैनिकलाई उत्तेजित पार्ने गतिविधि रोक्न आह्वान गरेको टाइम्स ग्लोबलले लेखेको छ ।