मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना हावाबाट सर्छ वा सर्दैन भन्नेमा विश्व स्वास्थ्य संगठन र चिकित्सकको फरक मत

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

कही वैज्ञानिकले हावाका साना कणमा पुगेका कोरोना भाइरसका कारणले मानिसमा सङ्क्रमण हुन सक्ने दाबी गर्दै विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन् । 

कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिक यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई खुलापत्र पठाएर त्यस्तो आग्रह गरेका हुन् । 

उनीहरूले सो पत्रमा अहिलेसम्म फेला पारेका प्रमाण पनि उल्लेख गरी खुलापत्र पाठाएको न्युयोर्क टाइम्सले लेखेको छ । 

सो पत्रिकाले वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिकहरु जर्नलमा प्रकाशित गर्ने योजनामा रहेको भनी लेखेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट मात्र अर्को व्यक्तिमा सर्ने बताउँदै आएको छ । 

जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने जनाएको थियो । 

न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोनाभाइरसको सङ्क्रमण हुन सक्ने दाबी गरेका छन् ।

तर, विश्व स्वास्थ्य सङ्गठनले अहिले उपलब्ध प्रमाण त्यो दाबी पुष्टि गर्न पर्याप्त नरहेको बताएको छ । 

वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट सर्ने दाबी गरे पनि विश्व स्वास्थ्य सङ्गठन भने सो कुरा पर्याप्त नभएको बताउँछ । 

बीबीसी

यो पनि