भारतको बनारसमा एक नेपालीको कपाल मुन्डन गरी नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ । उक्त भिडियो पाण्डेले नै बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ । उक्त भिडियो अरुण पाठक नाम गरेका व्यक्तिले फेसबुकमा सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार उनी स्थानीय रुपमा एक संगठन चलाउने व्यक्ति हुन् ।
पाठक विश्व हिन्दु सेना संगठनमा आवद्ध रहेको जनाइएको छ । उनीलगायतविरुद्ध भेलापुर प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।
नेपालका नेता तथा नेपालीविरुद्ध गालोगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो । प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।