मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमित बालबालिकामा अज्ञात रोग देखियो

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

दिल्लीका अस्पतालमा कोरोना संक्रमित बालबालिकामा केही महिनादेखि अज्ञात रोग देखिन थालेको छ । कोरोना भाइरसको संक्रमित एक बालकलाई उक्त रोग देखिएको हो ।

यसभन्दा अगाडि यस्तै लक्षण देखिने बिरामी मुम्बईमा पनि देखिएको थियो। पाँच वर्षभन्दा मुनिका बच्चामा यस प्रकारका लक्षण देखिने गरेको छ । सुरुमा बच्चालाई सुरुमा उच्च ज्वरो आउने गर्दछ।

दिल्लीको सबैभन्दा ठूलो बाल अस्पतालको डाक्टरका अनुसार पाँच-६ जना बालबालिकामा उच्च ज्वरो हुने, शरीरमा डाबर आउने, श्वास फेर्न गाह्रो हुने, पेटमा समस्या हुने जस्तो कोरोना भाइरस संक्रमित बालबालिकामा देखिएको थियो ।

कलावती सारन अस्पतालका बाल रोग विशेषज्ञ डा.वीरेन्द्र कुमार भन्छन,'यो सबैभन्दा सामान्य लक्षण हो। यसको बारेमा विश्वभर छलफल भइरहेको छ। अन्य भाइरसमा पनि यस्तो लक्षण देखिन गरेको छ ।

महामारीको बेला यस्ता बिरामी कोभिड-१९ को लक्षण जस्तै हुन्छन्।' कावासाकी नामको बिरामी होइन भनेर भन्न नसक्ने अवस्थामा नरहेको उनले बताए।' उनीहरूमा कावासाकीको जस्तो लक्षण देखिएको छ,' उनले भने,' यस्तो लक्षण देखिएका बिरामीहरुलाई कोभिड-१९ को उपचार केन्द्रमा राखेर उपचार गरिराखेको छ ।'
 


कस्तो लाग्यो ?

यो पनि