मंसिर ०७, २०८१, शुक्रबार
               

६० वर्षपछि पहिलो पटक रोकियो नोबेल पुरस्कार समाराेह

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

६० वर्षदेखि निरन्तर प्रदान गर्दै आएको नोबेल पुरस्कारको वार्षिक समारोह यस वर्ष कोरोना महामारीका कारण रद्द गरिएको छ । ६० वर्षपछि पहिलोपटक नोबेल पुरस्कार समारोह नगर्ने निर्णय गरिएको हो ।

यस वर्ष नोबेल विजेताको घोषणा गरिने भए पनि १० डिसेम्बरमा हुने समारोह नगर्ने निर्णय नोबेल फाउण्डेसनले गरेको हो । यसअघि सन् १९५६ मा सोभियत संघले हंगेरीमा आक्रमण गर्दा नोबेल पुरस्कार समारोह आयोजना रद्द गरिएको थियो ।

शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा विश्वकै ठूलो मानिने पुरस्कार हो, नोबेल पुरस्कार । सन् १९०१ देखि यो पुरस्कार दिन सुरु गरिएको हो ।  

अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कार दिन थालिएको भने १९६८ देखि हो । नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका भने स्विडेनको राजधानी स्टकहोममा दिइन्छ । अहिलेसम्म झन्डै आठ सय व्यक्तिले नोबेल पुरस्कार पाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि