अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबेर्ट ओब्रायनलाई कोरोना संक्रमण भएको छ ।
ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्स भने सुरक्षित रहेको बताएको छ - 'रोबर्ट ओब्रायनलाई कोरोनाको हल्का लक्षण देखिएको छ । उनी आइसोलेसनमा गएका छन् र त्यहिबाट काम गरिरहेका छन् । राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स कोरोनाको खतराबाट बाहिर रहेका छन् । ओब्रायन संक्रमित भएपनि राष्ट्रिय सुरक्षा काउन्सिलको काममा कुनै रोकावट आउने छैन ।'