काठमाडौं । कोरोना भाइरसबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू सबै प्रभावित भएका छन् ।
सार्कका ८ सदस्यमध्ये भुटानले मानवीय क्षति व्यहोर्नु परेको छैन । बढी संक्रमणका आधारमा भारत विश्वकै तेस्रो स्थानमा छ भने मृत्युका आधारमा पाँचौ स्थानमा ।
पाकिस्तान मृत्युका आधारमा १९औँ र संक्रमणका आधारमा १४औँ स्थानमा छ । संक्रमणको आधारमा भुटान १८९औँ स्थानमा छ ।
२२ हजार ९७२ जना संक्रमित भएको नेपाल बढी संक्रमणका आधारमा ६६औँ स्थानमा छ । ७५ जनाको मृत्यु पुष्टि भइसकेको नेपाल बढी मृत्यु हुने मुलुकको सूचीको १०७औँ स्थानमा रहेको छ ।
हेर्नुस् सार्क देशको अवस्था
देश | संक्रमित | मृत्यु | निको | |
---|---|---|---|---|
१ | भारत | २२,१५,०७४ | ४४,४६६ | १५,३५,७४३ |
२ | पाकिस्तान | २,८४,६६० | ६,०९७ | २,६०,७६४ |
३ | बंगलादेश | २,५७,६०० | ३,३९९ | १,४८,३७० |
४ | अफगानिस्तान | ३७,०५४ | १,३१२ | २५,९६० |
५ | नेपाल | २२,९७२ | ७५ | १६,३५३ |
६ | माल्दिभ्स | ५,०४१ | १९ | २,८०४ |
७ | श्रीलंका | २,८४४ | ११ | २,५७९ |
८ | भुटान | ११० | ० | ९६ |