भारतस्थित श्रीराम जन्मभूमी तिर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए ।
बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
उनी मंगलबारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए ।
दासको श्वासप्रश्वासमा समस्या आएपछि अक्सिजन सिलिन्डर मगाइएको उनका एक शिष्यले जानकारी दिए ।
औषधी सेवन पश्चात उनको ज्वरो घटेको बताइएको छ ।
थप उपचारको लागि उनलाई मेदन्ता अस्पतालमा भर्ना गरिने बताइएको छ ।