भारतले कोरोना परीक्षण दर बढाएको छ ।
आफूले १० लाखभन्दा बढी मानिसमा कोरोना परीक्षण गर्ने क्षमता हासिल गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा १० लाख भन्दा धेरैको नमूना सङ्कलन भएको भारतको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
गएको २४ घण्टामा १० लाख २३ हजार ८ सय ३६ जनाको कोरोना परीक्षण गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गएको २४ घण्टामा ९ सय ४७ जनाको ज्यान गएको छ । दश लाखभन्दा बढी परीक्षण गर्दा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।