मंसिर ०७, २०८१, शुक्रबार
               

युगान्डामा २०० भन्दा बढी कैदी जेलबाट फरार

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । 

युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरूलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् । मारिएका तीन कैदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ । 

बाइनले भने, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् ।” 

“बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उनले भने । 

प्रवक्ता बाइनले भने, “ फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो । उनीहरूसँगबाट १४ थान बन्दुक र दर्जनौँ गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।”

गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर कैदीहरूको भाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।


कस्तो लाग्यो ?

यो पनि