कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अमेरिका गएका बेला उनको निधन भएको सिएनएनले उल्लेख गरेको छ ।
शेख सबाह १९९० मा भएको खाडी युद्धपछि इराकसँग सम्बन्ध बढाउन तेल सम्पन्न राष्ट्रका शीर्ष नेताका रुपमा चिनिन्थे ।
शेख सबाह शेख अहमद अल जबर अल सबाका चौथो सन्तान हुन् ।
उनले सन् २००६ देखि समृद्ध खाडी अरब राज्यमा शासन गर्दै आएका थिए । उनले ५० वर्षभन्दा बढी समय विदेश नीतिको नेतृत्व गरेका थिए ।
उनले जीवनको धेरै समय क्षेत्रीय तनाव व्यवस्थापनमा मध्यस्थताको भूमिका निर्वाह गरेका थिए ।
यसैबीच, कुवेतको मन्त्रिपरिषदले उनका भाइ ८३ वर्षीय शेख नवाफ अल अहमद अल सबालाई उत्तराधिकारीका रुपमा घोषणा गरेको छ ।