मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय कांग्रेस नेता राहुल गान्धी पक्राउ
राहुलको प्रश्न यो देशमा मोदी बाहेक कोही हिँड्न नपाउने हो ?

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

नोइडा । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शिर्ष नेता बिहीबार पक्राउ परेका छन् । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रतमार्ग नजिकैबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनिहरुलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ । उनिहरुलाई उत्तर प्रदेशको प्रहरीले पक्राउ गरेको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्धयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट पक्राउ परेका छन् ।  

कांग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरे, ‘के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?’ उनले भारतमा सामान्य मान्छेहरु हिड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे । 

नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुइमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् ।   उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए । 

‘म एक्लै हथ्रास तर्फ हिडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन पक्राउ गर्दै हुनुहुन्छ ?’, उनले भनेका थिए । उनको त्यो प्रश्नपछि प्रहरीहरुले उत्तर दिँदै भनेका थिए, ‘सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईलाई आइपिसीको १८८ अनुसार पक्राउ गर्दैछौँ ।’

नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोना भाइरसको महामारीका कारण सरकारले महामारी ऐन अनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उनिहरुले उलंघन गरेको बताए । 


कस्तो लाग्यो ?

यो पनि