अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ । उनका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइनमा बसेका थिए ।
ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै चुनावी प्रचार–प्रसार गर्न एयर फोर्स वनबाट यात्रा गरेका थिए ।
ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्विटमार्फत् जानकारी गराएका थिए । उनले आफू संक्रमित भएपछि चुनावी प्रचार–प्रसारमा केही दिन सहभागी नहुने जनाएका छन् । उनीहरू दुवै हाल आइसोलेसनमा छन् ।
जसका कारण अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020